जम्मू–कश्मीरको डोडा जिल्लामा बिहीबार सेनाको एउटा गाडी ४०० फिट गहिरो खाडलमा खस्दा १० जवानको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जनालाई एयरलिफ्ट गरी उधमपुर मिलिटरी अस्पताल पठाइएको छ ।
सेनाका एक अधिकारीका अनुसार गाडीमा २१ जना जवान सवार थिए । उनीहरू डोडाबाट माथिल्लो चौकीतर्फ जाँदै गर्दा भद्रवाह–चंबा अन्तरराज्यीय सडकको खन्नी टप नजिकै चालकले गाडी नियन्त्रण गुमाएका थिए ।
घाइते सैनिकहरूलाई एयरलिफ्ट गरी अस्पताल पुर्याइएको र वरिष्ठ अधिकारीहरूलाई उत्कृष्ट उपचार सुनिश्चित गर्न निर्देशन दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।




















