skip this वडा नं १६ बालाजु च:मती

वैकल्पिक नेतृत्वको खोजीमा काठमाडौँ–९, राजु रोक्काप्रति बढ्दो आकर्षण

यही २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार राजु रोक्काप्रति मतदाताको आकर्षण बढ्दै गएको छ।

स्वच्छ छवि, स्पष्ट भिजन र जनसेवामुखी एजेन्डाका साथ चुनावी मैदानमा उत्रिएका रोक्का पार्टीको “आँखा” चुनाव चिन्ह लिएर उम्मेदवार बनेका हुन्।
जेन–जी आन्दोलनपछि जनताले वैकल्पिक र इमानदार नेतृत्व खोजिरहेको उल्लेख गर्दै रोक्काले आफ्नो पार्टी पुराना दलहरूको विकल्प दिन सक्ने स्पष्ट विचार र नीति बोकेको दाबी गरेका छन्।

राजु रोक्काका प्रतिबद्धताहरु यस प्रकार छन:
✔️ इमानदार,सक्षम र जवाफदेही नेतृत्व
✔️ भाषण होइन — काम गर्ने प्रतिनिधि
✔️ पैसा होइन — नीति र निष्ठामा विश्वास

🔹 मुख्य प्रतिबद्धताहरू
✅ सडक, ढल, खानेपानी र नियमित बिजुलीको दीगो समाधान
✅ सामुदायिक विद्यालय सुधार र नि:शुल्क/सहुलियत स्वास्थ्य सेवा
✅ खानेपानीको दिगो व्यवस्थापन
✅ नदी नाला सफाई र वातावरण संरक्षण ।
✅ महिला, युवा, दलित र अपाङ्गमैत्री नीति ।
✅ युवाका लागि सिपमूलक तालिम र रोजगारी ।
✅ स्थानीय व्यवसाय, स्टार्टअप र सहकारी प्रवद्र्धन ।
✅ भ्रष्टाचार नियन्त्रण र सार्वजनिक खर्चमा पारदर्शिता ।
✅ डिजिटल सेवा र छरितो प्रशासन ।
✅ सांसद आफैँ घर–घर पुग्ने प्रतिवद्धता ।
✅ क्षेत्र नं ९ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने,ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षण ।
✅ छुवाछुत तथा जातिय बिभेदको शुन्य सहनशिलताको नीति ।
अन्त्यमा
सत्ता होइन — सेवा
पद होइन — इमानदारी
भाषण होइन — काम