सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन देउवाले गर्ने

नेपाली कांग्रेसको देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने भएका छन् ।

१५ मंसिरदेखि सुरु हुने दुई दिने प्रदेश अधिवेशनको उद्घाटनका लागि उनी गृहप्रदेश सुदूरपश्चिम जाने भएका हुन् । सुदूरपश्चिम प्रदेश अघिवेशन १५ मंसिर बिहान ११ बजेबाट उद्घाटन समारोह सुरू हुनेछ ।