मंगलबार रामेछापमा बस दुर्घटनामा परेका पीडित पक्ष र स्थानीयले यातायात सञ्चालनमा अवरोध गरेका छन् । काठमाडौंबाट रामेछापको मन्थली–ढाडे हुँदै ओखलढुंगातर्फ जाँदै गरेको प्र–३ ००१–०५ ख ९९७५ नम्बरको बस त्रिवेणी मन्थली नजिकैको मोडमा दुर्घटना हुँदा १२ जनाको मृत्यु र ८ जना घाइते भएपछि पीडितले यातायात रोकेका हुन् ।
उनीहरूले अरनिको यातायात व्यवसायी समिति सम्पर्कमा आउन, वार्तामा बस्न र मृतकका परिवार, घाइतेलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मन्थलीबाट काठमाडौं र तराईतर्फ जाने–आउने र मन्थली–खिम्ती सडकतर्फ जाने आउने सवारी साधन बन्द गरेका हुन् ।
माग पूरा नभएसम्म उनीहरुले मृतकहरूको शव जिम्मा लिन अस्वीकार गरेका छन् । सडक अवरोध भएपछि अरनिको यातायातको बस रोकिएका छन्।


















