पाकिस्तानले २७ अफगान तालिबान सैन्य चौकीहरू ध्वस्त पारेको र नौ वटा कब्जा गरेको दाबी गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् । पाकिस्तानी सेनाले ८० भन्दा बढी अफगान तालिबान ट्याङ्क, तोपखाना र बख्तरबन्द सवारी साधनहरू पनि ध्वस्त पारेको उनले बताए ।
आक्रमण जारी रहेको उनको भनाइ छ । अहिलेसम्म १३३ अफगान तालिबान सदस्यहरू मारिएको पुष्टि भएको छ र २०० भन्दा बढी घाइते भएको बताइएको छ । यसैबीच, तालिबानको रक्षा मन्त्रालयले बिहीबार राति १९ पाकिस्तानी सैन्य चौकीहरू र दुईवटा अड्डाहरू कब्जा गरेको दाबी गरेको छ ।



















