skip this वडा नं १६ बालाजु च:मती

चर्चित एप्सिटन फाईलमा दलाई लामाको कार्यालय

एप्सिटन फाईलको चर्चा अहिले सर्वत्र व्याप्त छ । संसारभरिका प्रतिष्ठित व्यापारी, नेता, अभिनेतादेखीका व्यक्तित्वहरुको सार्वजनिक जीवन एप्सिटन फाईलको कारण विवादित बनेको छ । यसै प्रसङ्गमा निर्वासित तिब्बती धार्मिक नेता र उनको कार्यालय पनि विवादको केन्द्रमा परेको छ । एप्सिटन फाईलमा पटक पटक दलाई लामाको नाम र प्रसङ्ग उढेको चर्चा सेलाउन नपाउदै उनको कार्यालय र विशेष गरी उनका भतिजा र उनको सचिवको यौन प्रकरणले अहिले एकपटक सञ्चार जगत पुन: गर्माएको छ ।

निर्वासित तिब्बती समुदायलाई हल्लाउने एउटा काण्डले यसको आध्यात्मिक नेता र उनको वरपरको अनुयायीलाई विवादमा ल्याएको छ । दलाई लामाका विश्वासिला भतिजा र निजी सचिव तेन्जिन ताक्ल्हामाथि यौन शोषण, सहायता कोषको दुरुपयोग र दलाई लामाको उत्तराधिकारको प्रक्रियालाई आफू अनुकुल बनाउने प्रयासले उनी विवादमा तानिएका छन् । हालै बाहिरीएको उनको च्याटमा उनी कम्तिमा २५ युबतीहरुको यौन शोषणमा मुछिएकोे आरोप लगाइएको छ । जसले गर्दा उनकी श्रीमतीसँग सार्वजनिक वैवाहिक सम्बन्ध विच्छेद भएको छ।

हालै सार्वजनिक भएको चर्चित अमेरिकी एपस्टाइन फाईल काण्ड बाहिर आएपछि दलाई लामाको सचिवालय विवादमा परेको छ । जसले निर्वासित तिब्बती संभ्रान्त वर्गको नैतिक पतनको चित्रण गर्दछ। ९० वर्षीय दलाई लामा आफ्नो जीवनको उत्तरार्र्धमा प्रवेश गर्दै गर्दा, यो काण्डले उनको केवल व्यक्तिगत जीवनको बारेमा मात्र होइन; यसले उनको विशाल धार्मिक र राजनीतिक विरासतमाथि प्रहार गरेको छ ।

आध्यात्मिक सहयोगीबाट उनको अवमूल्यन :
तेन्जिन ताक्ल्हा कुनै साधारण सहयोगी होइनन्। दलाई लामाका भतिजा र निजी सचिवको रूपमा, उनले आध्यात्मिक नेतासम्मको पहुँच नियन्त्रण गर्ने भूमिका निर्वाह गर्दछन् । उनले यो पदलाई व्यक्तिगत लाभको लागि प्रयोग गर्ने गरेका छन्। “उनी एक वास्तविक निरंकुश हुन्,“जसले दलाई लामाको छविको आडमा आफ्नो कुकृत्यलाई ढाक्ने कोसिश गरेका छन् । वास्तवमा दलाई लामाकासँगको सर्वसाधारणको पहुँचलाई नियन्त्रण गरी उनले आफ्नो फाइदाको लागि आफ्नो पदको दुरुपयोग गरेका छन् ।

दलाई लामाको माथि भतिज यौन शोषण काण्ड
श्रद्धालु युवतीहरूको विश्वासको शोषण गरेर उनीहरूलाई अनलाइन यौन कुराकानीमा उक्साएको र नग्न तस्बिरहरू आदानप्रदान गरेको आरोप उनी माथि लागेको छ । उनले २५ जना केटीहरूसँग सम्बन्ध राखेको आरोप लागेको छ । गत वर्ष, तेन्जिन ताक्ल्हाकी श्रीमती त्सेरिङ डोल्करले सार्वजनिक रूपमा उनलाई व्यभिचार र घरेलु हिंसाको आरोप लगाएकी थिइन्, जसले गर्दा मर्यादित पुरुषको रूपमा उनको छवि चकनाचुर बन्नगयो ।

आर्थिक दुरुपयोग:
उनले संयुक्त राज्य अमेरिकामा विलासी सम्पत्तिहरू खरिद गर्न तिब्बती मानवीय सहायतालाई दुरुपयोग गरेको आरोप छ ।

गोपनीयता :
दलाई लामाको निजी स्वास्थ्य जानकारी, अज्ञात यात्रा योजनाहरू, र निजी कुराकानीमा वरिष्ठ भारतीय अधिकारीहरूसँगको बैठकको दलाई लामाको नीजि जानकारी साझा गरिएको आरोप छ, जसले दलाई लामाको सरकारको सुरक्षा प्रोटोकलहरूको बारेमा गम्भीर चिन्ताहरू उठाएको छ।

भ्रष्टचार मुद्धा:
तिब्बती समुदायको लागि सबैभन्दा चिन्ताजनक कुरा, तक्ल्हाको प्रभावमा दलाई लामाको उत्तराधिकारमा हस्तक्षेप गरेको आरोप छ। उनी गान्डेन फोड्राङ ट्रस्टका प्रमुख सदस्य हुन् । जुन दलाई लामाको पुनर्जन्म पहिचान गर्ने पवित्र र संवेदनशील प्रक्रियाको निरीक्षण गर्ने जिम्मेवार निकाय हो । यस्तो निकायलाई उसले आफ्नो दवाब र प्रभावमा पारी उत्तरधिकारी छनोटमा आफ्ना कुरा लागु गर्न खोजेका छन् । यही कारणले गर्दा उत्तर अमेरिकामा तिब्बती युवा कांगे्रसका ३२ सदस्यहरूले गत वर्षमा उनको फाउन्डेसनबाट राजीनामाको लागि निवेदन दिएका थिए। उनीहरूले चेतावनी दिएका थिए कि उनको अनियन्त्रित शक्तिले उत्ताराधिकारी छनोट प्रक्रियालाई विवादित बनाउँदैछ,जसले तिब्ब्ती समुदायभित्र गुटबन्दी परिणामलाई हेरफेर गर्दै र तिब्बती समुदायभित्र विभाजन सिर्जना गर्दैछ ।

निर्वासित नेताको मौनता
यो संकट दलाई लामाको जीवनको उत्तरार्धमा विरोधाभासी बिन्दुमा पुगेका छ । उनले सफलतापूर्वक निर्वासित लोकतान्त्रिक सरकार निर्माण गरे, तर आफ्ना नजिकका मानिसहरूको शक्तिलाई सीमित गर्न असफल भए। २०११ मा राजनीतिबाट पछि हटेपछि, कार्यकारी शक्ति निर्वाचित सिक्योङ र संसदमा हस्तान्तरण गरियो। तैपनि, दलाई लामाको कार्यालय ’राज्यभित्रको राज्य’ बनेको छ । लोकतान्त्रिक निरीक्षण बिना सञ्चालन भइरहेको छ, जसको मालिक तक्ल्हा हुन् । यो आरोप तिब्बती समुदायको छ ।

वर्षौंदेखि, दलाई लामाले तिब्बती बौद्ध धर्म भित्र यौन दुव्र्यवहारका काण्डहरुको आलोचनाको सामना गर्नु परेको छ। १९९३ को सुरुमा, उनले पश्चिमी भिक्षुहरूबाट सोग्याल रिन्पोछे जस्ता प्रमुख लामाहरू बिरुद्धको आरोप खेपे तर, कुनै बलियो सार्वजनिक कारबाही गरेनन्। २०१७ सम्म, अत्यधिक सार्वजनिक दबाबमा, उनले सोग्याल रिन्पोछेको सार्वजनिक रूपमा आलोचना गरे तर,२०१८ मा नेदरल्याण्ड्सको भ्रमण गर्दा, उनले दशकौंदेखि यस मुद्दाको बारेमा जानकार रहेको स्वीकार गरे, र सुधारको वाचा गरे।

अब, भ्रष्टाचार र यौन दुव्र्यवहारको आरोपले उनका नातेदार र सबैभन्दा विश्वासिला लेफ्टिनेन्टलाई प्रत्यक्ष रूपमा औंल्याइरहेको बेला, दलाई लामा र उनको कार्यालयको मौनता छाएको छ। लाखौं तिब्बतीहरू र उनीहरूका समर्थकहरूका लागि जसले उनलाई स्वतन्त्रता र नैतिकताको प्रतीकको रूपमा हेर्छन्, यो मौनता आफैंमा एक प्रश्न बनेको छ।

समुदायमा क्रोध र निराशा व्याप्त छ । तिब्बती मामलाका एक जानकारले भने, “निर्वासित समुदायले आफ्नो आध्यात्मिक नेतृत्वको प्रणालीगत कमजोरीहरूको जबाफ दिनुपर्छ, नत्र यसले सबै विश्वसनीयता गुमाउनेछ।“ बेइजिङले कुनै पनि कमजोरीको फाइदा उठाउन तयार भएको बेला, यौन शोषण र भ्रष्टाचारको आरोपबाट सुरु भएको यो काण्ड, निर्वासित तिब्बती समुदायको अस्तित्वको लागि चिन्ताको विषय बनेको छ । यि र यस्ता धर्मको नाममा हुने अराजकतालाई यदि समयमा नै नरोक्ने हो भने यसले विष्फोटक रुप धारणा गर्ने छ, तिब्बतको स्वतन्त्र अभियान र दलाई लामाको चरित्रलाई नै निमिटयान्न पार्नेछ । एप्सिटन फाईलले उजार गरेका यस्ता आरोपहरु अहिले सर्वत्र चर्चाको विषय बनेको छ । यसको सम्बन्धित पक्षले प्रष्टिकरण दिनु जायज हुन्छ ।