प्रधानमन्त्री सुशीला कार्कीले इरान-अमेरिका युद्धका कारण सुरक्षा चिन्तामा रहेका नेपालीको साथमा सरकार रहेको बताएकी छन् । नेपाली जहाँ रहे पनि उनीहरूको सुरक्षाप्रति सरकार कटिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । आज राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ।’
खाडी देशहरूमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको कार्कीले बताइन् ।अमेरिका र इजरायलले इरान गरेको हमलापछि त्यस क्षेत्रमा युद्धको संकट गहिरिएको र त्यसले सरकारलाई चिन्तित बनाएको उल्लेख गरिन् ।


















