निर्वाचन आयोगले मतपेटिका संकलन भएर गणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ ।
निर्वाचनको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम प्रकाशित गरिसक्ने बताए ।


















