मौन अवधिको अवज्ञा गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टिकटकर तथा युट्युबर रतन कार्कीलाई सोधपुछ गरेर छाडिएको छ । उम्मेदवारको प्रचारको भिडियो सामाजिक सञ्जालबाट हटाएपछि उनलाई छाडिएको चितवन प्रहरीले जनाएको छ ।
मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको आरोपमा कार्कीमाथि प्रहरीले सोधपुछ गरेको हाे । यसअघि मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेकोले उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो ।


















