प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ । मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ ९करिब १८ प्रतिशत० मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त भएको आयोगले जनाएको छ ।

















