एमालेको सचिवालय बैठक सुरु

नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा भर्खरै सुरु भएको हो । पार्टी सचिव महेश बस्नेतका अनुसार अध्यक्ष केपी ओली पक्राउपछि दोस्रोपटक बसेको बैठकले पार्टीको आगामी कार्यदिशा तय गर्नेछ ।

यसअघि शनिबार बसेको पार्टीको बैठकले ओली पक्राउको प्रतिकार गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एमालेले आइतबार सबै जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको थियो ।