नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेता–कार्यकर्ताहरूलाई १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, पूर्णअनुशासित र एकताबद्ध बनाएर नयाँ पुस्तासम्मलाई सुम्पिने कार्यमा अघि बढ्न आग्रह गरेका छन् ।
उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेर पार्टीले सार्वजनिक कार्यतालिकाअनुसार १५औं महाधिवेशनका लागि अघि बढ्न नेता–कार्यकर्ताहरूलाई आग्रह गरेका हुन् ।
‘लोकतन्त्र र प्राप्त उपलब्धिमा चुनौती बढिरहेको अवस्थामा, रचनात्मक र जिम्मेवार प्रतिपक्ष भई लोकतन्त्रको मार्गमा नयाँ पुस्तालाई हिँडाउन आवश्यकता रहेको अवस्थामा नेपाली कांग्रेस थप बलियो, थप जिम्मेवार र एकजुट हुनुपर्ने अझ आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।



















