अमेरिकाले इरानलाई पुनर्निर्माणमा मद्दत गर्नेछः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हुने पुनर्निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । युद्धविरामपछि प्रतिक्रिया दिँदै इरानले अब पुनर्निर्माण गर्न सक्ने र त्यसमा अमेरिकाले पनि मद्दत गर्ने बताएका हुन् ।

‘आज विश्व शान्तिको लागि ठूलो दिन हो । इरान पनि यही चाहन्छ, किनकि अब पर्याप्त भयो । अरू सबैले पनि यही चाहन्छन्,’ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्, ‘अमेरिकाले होर्मुज जलडमरूममा ट्राफिक समस्या समाधान गर्न मद्दत गर्नेछ। इरानले अब निर्माण पुनः शुरू गर्न सक्छ । हामी सबै आवश्यक सामग्रीहरूसहित तयार हुनेछौं । मलाई विश्वास छ कि यो हुनेछ। अमेरिकामा जस्तै, यो मध्य पूर्वको लागि स्वर्ण युग हुन सक्छ।’

यसअघि इरानले युद्धको समयमा नष्ट भएका आफ्ना संरचनाहरूको क्षतिपूर्ति माग गर्ने बताएको थियो ।