रास्वपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धी विषय मुख्य कार्यसूचीका रूपमा प्रस्तुत गरिनेछ।

साथै, अन्य समसामयिक विषयहरूमा पनि छलफल हुने कार्यक्रम रहेको छ।