अप्रमाणित प्रतिवेदनका आधारमा १३ दिनसम्म प्रहरी नियन्त्रणमा राखियो: लेखक

पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा आफूलाई १३ दिन प्रहरी हिरासतमा राखिएको बताएका छन् ।

उनले गत भदौं २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको अप्रमाणित प्रतिवेदनका आधारमा फौजदारी अभियोगमा १३ दिनसम्म नियन्त्रणमा राखिएपछि अन्ततः आफू रिहा भएको पूर्व गृहमन्त्री लेखकले बताएका छन् ।

लेखकले एक विज्ञप्तीमार्फत आफ्नो रिहाइका लागि आवाज उठाउने दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाईमा अहोरात्र साथ दिने कानुन व्यवसायी, न्यायकर्मीहरु, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभ चिन्तलाई आभार व्यक्त गरेका छन् ।