पत्रकारितासँगै संगीतमा अनिल रायामाझी, ‘अब स्मृतिमा…’ सार्वजनिक

संचारकर्मी अनिल रायामाझीले आफ्नै स्वर, शब्द तथा सङ्गीतमा तयार पारेको मार्मिक गीत ‘अब स्मृतिमा…’ सार्वजनिक गरेका छन्। उनले आफ्नै यूट्यूब च्यानलमार्फत सार्वजनिक गरेको उक्त गीतले अधुरो सम्बन्ध, टुटेको भरोसा र सम्झनामा सीमित भएको प्रेमको कथा प्रस्तुत गर्दछ। ‘तिमी आउँछु भनी हरायौ…’ जस्ता भावनात्मक शब्दहरूले गीतलाई अझ गहिरो बनाएका छन्।

गीतमा अनिल रायामाझीकै शब्द, सङ्गीत र स्वर रहेको छ भने एरेन्ज प्रदीप श्रेष्ठले गरेका छन्। गितारमा पुरुष्कर खड्काको साथ रहेको छ। यसैगरी, गीतको रेकर्डिङ भ्वाइस आर्ट एकेडेमीमा गरिएको हो भने रेकर्डिस्ट रदिप श्रेष्ठ रहेका छन्। भिडियोको ग्राफिक्स कन्सेप्ट स्वयं अनिल रायामाझीकै रहेको छ भने सम्पादन सुमन भट्टराईले गरेका छन्।

गीतको लिरिकल भिडियोमा बिछोडको कथालाई चित्रमार्फत प्रस्तुत गरिएको छ, जसले दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको छ।