प्रतिनिधि सभाले अब एक महिनासम्मको कार्यतालिका बनाएर कार्यसम्पादन गर्न सक्ने व्यवस्था हुने भएको छ।
प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले यस्तो प्रावधान समेटेको हो। मस्यौदाको दफा १२ (४) अनुसार सभाले सुव्यवस्थित ढङ्गले काम सञ्चालन गर्न एक महिनासम्मको कार्यतालिका तयार गरी प्रकाशन गर्न सक्नेछ। यसअघि २०७९ को नियमावलीमा यस्तो व्यवस्था थिएन। समितिले तयार पारेको मस्यौदा केहीबेरमा सभामुख डोलप्रसाद अर्याललाई बुझाउने तयारी भइरहेको छ।


















