नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका माग बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेसका सभापति थापाले यस्तो चेतावनी दिएका हुन् ।
उनले भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै सरकारले कानुन मिचेर निर्णय गरिरहेको आरोप लगाएका छन् । उनले जनहितका विषयमा कांग्रेस दृढ रूपमा उभिने बताउँदै सरकारका राम्रा काममा समर्थन रहने तर कमजोरीमा कडा आवाज उठाइने स्पष्ट पारेका छन् ।















