दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर, ५ वर्षसम्म कैद सजायको माग

मेडिकल व्यवसायी तथा दुर्गा प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरेको छ ।

उक्त दफामा कसुरदारलाई १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । प्रसाईँले सामाजिक सञ्जाल (फेसबुक) मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ ।