हिजोराति अबेरसम्म सुरक्षा प्रमुखहरूसँग छलफल गरेका गृहमन्त्री सुदन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग छलफल गर्न पुगेका छन् ।
गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबीच अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
‘करिब २० मिनेटयता दुई जनाबिच छलफल भइरहेको छ’,मन्त्री गुरुङका एक सहयोगीले भने, ‘हामीलाई ठ्याक्कै छलफलको विषय त थाहा हुने कुरा भएन तर शान्ति सुरक्षा र सुशासनकै सवालमा छलफल भएको हुनुपर्छ ।’


















