प्रधानमन्त्रीले नै गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाह स्वयंले सम्हाल्ने भएका छन्। गुरुङको राजीनामापछि प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि गुरुङ पनि विवादमा तानिएका थिए। त्यसपछि आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन होस् र सरकारको कामकारबाहीमा अवरोध नहोस् भन्ने नैतिक आधार खडा गर्दै उनले मन्त्री पदबाट बाहिरिने निर्णय लिएका थिए।