एमाले प्रमुख सचेतकमा महर

प्रतिनिधिसभामा नेकपा (एमाले) को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ ।एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको हो । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरि महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित भएकोे हो ।