अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित “ह्वाइट हाउस संवाददाता सङ्घ” को वार्षिक रात्रिभोजका क्रममा गोली प्रहार भएको छ ।
घटनापछि बन्दुकधारीले सुरक्षा घेरा तोडेर आक्रमण गर्न खोज्दा राष्ट्रपति डोनाल्ड ट्रम्प लाई तुरुन्तै सुरक्षित स्थानमा सारिएको थियो । घटनामा एक जना ‘सेक्रेट सर्भिस’ सुरक्षाकर्मी घाइते भएका छन् ।
राष्ट्रपति ट्रम्पका अनुसार ती अधिकारीले लगाएको बुलेट–प्रुफ ज्याकेटका कारण ठूलो क्षति हुन पाएन र उनी अहिले खतरामुक्त छन् । प्रहरीले आक्रमणकारीलाई क्यालिफोर्नियाका ३१ वर्षीय कोल थोमस एलेनका रूपमा पहिचान गरी नियन्त्रणमा लिएको छ । घटनापछि कार्यक्रम स्थलमा केही समयका लागि तनाव र त्रास फैलिएको थियो।
















