पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक ऐलानी तथा पर्ती जग्गा खाली गराउन ३५ दिने सूचना जारी गरेको छ। महानगरपालिकाका अनुसार विभिन्न स्थानमा सार्वजनिक जग्गा मिचेर विनाअनुमति संरचना निर्माण गर्ने, कार्यालय सञ्चालन गर्ने, भाडामा लगाउने तथा पर्खाल लगाई कब्जा गर्ने जस्ता गतिविधि बढेको पाइएको छ।
यसैलाई नियन्त्रण गर्न महानगरले सूचना जारी गर्दै ३५ दिनभित्र त्यस्ता संरचना हटाई जग्गा खाली गर्न आग्रह गरेको हो। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने महानगरपालिकाले कानुनी प्रक्रिया अनुसार आफैं हटाउने चेतावनी दिएको छ।


















