नेपाली कांग्रेसले सोमबार संसदीय दलको नेता चयन गर्ने भएको छ। आइतबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सांसदहरूको छलफलपछि दलको नेता चयन प्रक्रिया अघि बढाउने सहमति भएको हो।
छलफलअनुसार सोमबार बिहान ९ बजेबाट आकांक्षीहरूको नाम दर्ता प्रक्रिया सुरु हुनेछ। सम्भव भए सर्वसम्मतिबाट नेता चयन गरिनेछ, अन्यथा निर्वाचन प्रक्रियामार्फत दलको नेता चयन गरिने बताइएको छ।
संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन्।


















