दुर्गा प्रसाईंको प्रश्न: नेपाली सेना सुकुम्वासी बस्तीमा हुनुपर्ने कि लिपुलेकमा?

राजावादी अभियन्ता दुर्गा प्रसाईंले सरकारले सीमा सुरक्षा भन्दा सुकुम्बासी हटाउने कार्यलाई प्राथमिकता दिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सर्वहारा वर्ग, गरिब र सुकुम्बासीको पक्षमा लड्ने घोषणा गरेका छन् । उनले “म आजबाट सर्वहारा वर्ग, गरिब, सुकुम्बासीको पक्षमा लड्छु, सक्छौ भने पक्रेर लैजाउ” भन्दै सरकारको कदमप्रति आपत्ति जनाए ।

प्रसाईंले भूमिहीनहरू सरकारी जग्गामा कहाँ बस्ने भन्ने प्रश्न उठाउँदै घरविहीन नागरिकका समस्यालाई राज्यले बेवास्ता गरेको आरोप लगाए।साथै, उनले सरकारको ध्यान सुकुम्बासी बस्तीमा नभई कालापानी र लिपुलेकजस्ता सीमा विवादका विषयमा हुनुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘भोलीदेखि भारत र चीनले मानसरोबरको बाटो खोल्दैछन् । नेपाली सेनालाई त्यहाँ पठाउनु नि ?आफ्नो भूमि फिर्ता ल्याउनुपर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन मेयर हुँदा? त्यो भूमि किन फिर्ता ल्याउँदैन ?’