विश्वविद्यालयका उपकुलपति सिफारिसका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । प्रधानमन्त्री बालेन शाहले शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा समिति बनाएका हुन्। समितिमा शिक्षा सचिव र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रहेका छन्।
मन्त्रालयका अनुसार उपकुलपति छनोटका लागि भोलिसम्म सार्वजनिक सूचना जारी गर्ने तयारी छ। खुला प्रतिस्पर्धामार्फत पदाधिकारी नियुक्त गर्ने सरकारको योजना छ भने नाम छनोटका लागि छुट्टै विज्ञ समूह गठन गर्ने तयारी पनि भइरहेको छ । अहिलेका लागि विश्वविद्यालय सञ्चालन सहज बनाउन डिनमध्येबाट निमित्त उपकुलपति तोकिने तयारी गरिएको छ । सरकारले अध्यादेशमार्फत पदाधिकारी हटाएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।
सरकारी अध्यादेशअनुसार उपकुलपति हुन पीएचडी, कम्तीमा १० वर्षको प्राज्ञिक अनुभव, व्यवस्थापन क्षमता, ४० वर्ष उमेर र उच्च नैतिक चरित्र आवश्यक हुनेछ।


















