सांसद दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपक साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन्।

बिहीबार गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन शाहले दीपक साहलाई मन्त्री बनाउने भएका हुन्।

साहलाई मन्त्री बनाउने तय भएको प्रधानमन्त्री बालेनको सचिवालयका एक सदस्यले जानकारी दिए।

दीपक सुनसरी-४ बाट निर्वाचित सांसद हुन्।

गौरी कुमारी यादवले ‘उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भनेपछि उनको चर्को आलोचना भएको थियो।

उनी राजीनामा दिएर आजै मन्त्रालयबाट बाहिरिएकी थिइन्।