इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएको उद्धार अधिकारीलाइ उदृत गर्दै एएफपीले जनाएको छ । अधिकारीका अनुसार बेपत्ता हुनेहरुमा नौ जना सिङ्गापुरका नागरिक रहेका छन् भने विस्पोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धुवाँ धुलो फैलिएको छ ।

उद्धार टोली उद्धारका लागि तैनाथ रहेको उल्लेख गर्दै अधिकारीले घाइते व्यक्तिहरू वारे अझै पुष्टि नभएको बताएका छन् । रिपोर्टका आधारमा बेपत्ता भएका २० जनाको खोजी भइरहेको स्थानीय उद्धार अधिकारी इवान रामदानीले पुष्टि गरेको छ ।

वैज्ञानिकहरूले पछिल्लो समयमा इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिए पछि अप्रिल –१७ देखि यो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको भए ता पनि बेपत्ताहरु सबै पर्वतारोहीहरू रहेको उनले उल्लेख गरेको छ ।

इन्डोनेसियको भू–विज्ञान विधागका प्रमुख लाना सारियाले विस्फोटले उत्तरी मालुकु प्रान्तको माउन्ट डुकोनोको शिखरबाट करिब १० किलोमिटर टाढाको क्षेत्र सम्म प्रभाव गरेको पुष्टि गरेको छ । विस्पोटको खरानी उत्तरतर्फ धेरै फैलिएको उल्लेख गर्दै यस तर्फका आवासीय क्षेत्रमा सतर्कता अपनाउनु आवश्यक भएको उनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

इन्डोनेसिया एक विशाल द्वीपसमूहहरुको राष्ट्र र यसको भौगोलिक स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधिको सामना गर्ने गरेको जनाइएको छ । माउन्ट डुकोनो हाल इन्डोनेसियाको चेतावनी प्रणालीको तेस्रो–उच्च सतर्कता स्तरमा रहेको जनाइएको छ ।

गत डिसेम्बर देखि सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन (पिभिएमबिजी) ले पर्यटक तथा पर्वतारोहीलाई ज्वालामुखीको चार किलोमिटर भित्रमा नआउन सिफारिस गरेको छ ।