अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफूहरू इरानसँगको द्वन्द्वको कूटनीतिक समाधान खोज्ने प्रयासमा रहेको बताएका छन् । तर, आणविक वार्ता असफल भए सैन्य कारबाही पुनः सुरु गर्न अमेरिका पूर्ण रूपमा तयार रहेको चेतावनी पनि उनले दिए । मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भान्सले ट्रम्प प्रशासन इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने स्पष्ट नीतिमा रहेको बताए ।
भान्सले सहमति हुन दुवै पक्ष तयार हुनुपर्ने बताए । इरानलाई आणविक हतियार राख्न अनुमति दिने कुनै पनि सम्झौतामा अमेरिका सहमत नहुने उनको भनाइ छ ।


















