खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा उपभोक्ता अधिकारवादीहरूले बबरमहलमा प्रदर्शन गरेका छन्।
उनीहरूले खानेपानीमा लगाइएको कर र विद्युत महसुल छुटको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
साथै सन् २०३० भित्र सुरक्षित खानेपानी सुनिश्चित गर्न, साना आयोजनाहरू एकीकरण गर्न र प्राकृतिक स्रोत संरक्षण गर्न पनि माग गरिएको छ।


















