भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्‌को बैठकले बास्तोलालाई सो पदमा नियुक्त गरेको हो ।

त्यस्तै, सरकारले सो समितिको सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मिनी सोती र डा. रोहना श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।