नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको राजीनामा मागेको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा एमाले सचेतक कुमारी मेचेले राष्ट्रघाती अभिव्यक्ति दिएका बालेनलाई पदमा रहने छुट नभएको बताइन् ।
‘राष्ट्रघाती र आत्मसमर्पणवादी सोच कदापी स्वीकार्य हुने छैन । प्रधानमन्त्रीज्यूले तत्काल सदनमा आएर जनतासँग माफी माग्नुपर्छ । आफ्नो अभिव्यक्ति अभिलम्ब फिर्ता लिनुपर्छ,’उनले भनिन्, ‘नैतिकपतन स्वीकार गर्दै प्रधानमन्त्रीजस्तो पदको गरिमा उच्च राख्नका लागि तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।’


















