नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह को राजीनामा माग गरेको छ। त्रिचन्द्र क्याम्पस परिसरमा भेला भएर विद्यार्थीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति आएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
सीमा जस्तो गम्भीर राष्ट्रिय मुद्दामा सरकार प्रमुखबाटै आएको यस्तो हल्का भनाइले आम नेपाली नागरिकको भावनामा चोट पुगेको प्रदर्शनकारी विद्यार्थीहरूको दाबी छ ।


















