नेपाली कांग्रेस सभापति गगन थापाले सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन आवश्यक रहेको बताएका छन्। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सबै पदाधिकारीको सम्पत्ति छानबिन हुनुपर्ने बताए ।
उनका अनुसार सरकारमा रहेका व्यक्तिहरू स्वयं पनि छानबिनको दायरामा आउनु आवश्यक छ । थापाले कांग्रेसको प्रतिज्ञापत्रमा पनि सम्पत्ति छानबिन गर्ने सशक्त आयोग गठन गर्ने प्रतिबद्धता रहेको उल्लेख गर्दै हाल सरकारले गठन गरेको आयोगप्रति पनि सहयोग रहने बताएका छन्।


















