इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि आगामी जुलाई ४ देखि सुरु हुने

इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम आगामी जुलाई ४ देखि तेहरानमा सुरु हुने भएको छ । यो अन्त्येष्टि जुलाई ९ मा उनको गृहसहर मशहदमा समापन हुनेछ।गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको पहिलो दिनको हवाई हमलामा ८६ वर्षीय खामेनी मारिएका थिए। उनले ३६ वर्षसम्म इस्लामिक गणतन्त्र इरानको नेतृत्व सम्हालेका थिए ।

अन्त्येष्टि कार्यक्रम अन्तर्गत जुलाई ७ मा तेहरानको दक्षिणमा रहेको पवित्र सहर कोममा पनि विशेष धार्मिक समारोह आयोजना गरिने सञ्चारमाध्यमले जनाएका छन्।