काँक्रेविहार (सुर्खेत), ३ असारः कर्णाली प्रदेशमा आगामी आर्थिक वर्ष २०८३÷८४ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । मन्त्रालयले तुइन विस्थापित गरेर सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । त्यस्तै रणनीतिक सडक आयोजना निर्माण गर्न रु ६५ करोड विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रमा सडक सञ्जालको पहुँच विस्तार गर्न सडक र पुल निर्माण गर्न लागिएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो ।

















