राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । भोलि ६ गते साँझ रास्वपा केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय भएको छ । उद्घाटन समारोहमा विभिन्न पार्टीका नेताहरुबाट शुभकामनासहित पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने जनाइएको छ ।
उद्घाटन सत्रलाई भव्य बनाउन चितवनको चिनारी झल्कने विभिन्न जातीय संस्कृति झल्कने नाँचहरू पनि प्रदर्शन गर्ने तयारी छ । ८ गते बिहानदेखि बन्दसत्रका कार्यक्रम सुरु गर्ने रास्वपाको तयारी छ ।


















