अमेरिका र इरानबीच युद्ध समाप्तिका लागि स्विट्जरल्यान्डमा वार्ता चलिरहेको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई धम्की दिएका छन् । धम्कीप्रति आपत्ति जनाउँदै इरानका मुख्य वार्ताकारसमेत रहेका संसद् सभामुख मोहम्मद बगर गालिबाफले जवाफ फर्काएका छन् ।
ट्रम्पले आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेखेका थिए, ‘यदि इरानले लेबनानमा इजरायलसँग लड्दै आएको हिज्बुल्लाहलाई नरोके अमेरिका हमला गर्ने छ ।’
इरानले उक्त चेतावनीमा प्रतिक्रिया दिँदै लड्न तयार रहेको बताएको छ । इरानी मुख्य वार्ताकार गालिबाफले ट्रम्पलाई जवाफ दिँदै भनेका छन्, ‘उनलाई के लाग्छ ? यदि उनका धम्कीहरूको कुनै प्रभाव परेको भए उनी आज यस्तो अवस्थामा हुन्थे ?उनले जति नै कुरा गरे पनि वास्तविक कदम त हामी नै चाल्छौं ।’


















