खोटाङका दुई वडाध्यक्ष श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडाध्यक्ष दिनेश राई र केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राई श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
वडाध्यक्षद्धयलाई श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले सदस्यता वितरण गरेका छन् ।दिनेश नेकपा एमालेबाट लगातार २०७४ र २०७९ मा निर्वाचित वडाध्यक्ष हुन् ।
यस्तै, तुलाराम तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट वडाध्यक्ष निर्वाचित भएका थिए ।


















