रास्वपामा रवि-बालेन भागबन्डाको विरोध,प्रतिनिधिले भने: ‘रास्वपामा पनि कांग्रेस-एमालेकै रोग देखियो’

राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न थालेको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच प्रतिनिधिको भागबन्डा लगाउन थालिएपछि विद्रोह हुन थालेको हो । महाधिवेशनस्थलमा सहभागी कार्यकर्ताहरूको प्रतिनिधि पत्र नआएपछि विवाद र नाराबाजी भएको हो । प्रतिनिधिहरूले महाधिवेशनस्थलमै गुटगत अभ्यास थालिएको बताए ।

‘हामी बालेनको तस्बिर टाँसेर हिडौँ कि रविको’, आक्रोशित एकजना प्रतिनिधिले भने, ‘हामी कसको पछि लाग्ने हिँड्ने हो रु हामी राष्ट्रिय स्वतन्त्र पार्टी बचाउन आएको हो, देश बचाउन आएको हो।’

केही प्रतिनिधिले रास्वपा पनि एमाले र कांग्रेसकै शैलीमा अघि बढ्न थालेको आरोप लगाएका छन् । यो पार्टी सबैले बनाएको हो । तर पुरानै पार्टीको शैलीमा जाने हो भने मानिँदैन, हामी एमाले-कांग्रेस होइन ।’

सबै योग्य प्रतिनिधिलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेका छन्। नामावलीमा विभेद भए विद्रोह गर्ने चेतावनीसमेत दिएका छन्।