रास्वपा महाधिवेशन: मतदानका निम्ति ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा मतदानका लागि ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । रामलक्ष्मण भोटिङ मेसिनमार्फत हुने मतदानअघि मतदाता विवरण इन्ट्री गर्न करिब ६ घण्टा लाग्ने प्राविधिकहरूको अनुमान छ।

९९ केन्द्रीय सदस्य पदका लागि ४०० जनाको उम्मेदवारी परेको छ। प्रारम्भिक नामावली सार्वजनिक भएपछि दाबीविरोधको प्रक्रिया पूरा गरी मतदान कार्यक्रम अघि बढाइनेछ।