रास्वपालाई हावामा भोट हालिएछ भन्ने कुरामा बुद्धिजीवीहरू प्रस्ट भइसके : प्रचण्ड

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई भोट हाल्नेहरूले हावामा हालिएछ भनेर जनताले बुझ्न थालिसकेको बताएका छन् । महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै सरकार अलोकतान्त्रिक भएको आरोप लगाए।

उनले भने, ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन्। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर। तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम चाहिँ हामी गर्छौँ।’