skip this चन्द्रागिरी नगरपालिका

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्छ : ओली

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले गरेको अन्तर्क्रिया कार्यक्रममा उनले प्रतिक्रियावादीहरूको चलखेल भइरहेको टिप्पणी गरे ।

उनले प्रतिगमनको पराजयका लागि वामपन्थी शक्ति मात्रै नभई लोकतान्त्रिक शक्तिहरू नै एक हुनुको विकल्प नभएको तर्क गरेका छन् । खासगरी वामपन्थी शक्तिहरूको चरित्रहत्या गर्ने र असल कार्यको चर्चा नगर्ने सिलसिला अगाडिदेखि चलिरहेको थियो,’ उनले भने, ‘हाम्रा नीतिहरू सही छन् । नेकपा एमाले सही बाटोमा छ ।’

उनले आफ्नो गन्तव्य समृद्ध नेपाल सुखी नेपाली रहेको भन्दै त्योभन्दा अरु कुनै उद्देश्य भए बताउन भनेका छन् ।