बालबालिकालाई रास्वपाले सदस्यता दिएकोबारे मानव अधिकार आयोगले ध्यान दियोस्: सांसद तिमिल्सना

नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिनाले बालबालिकालाई रास्वपाले पार्टी सदस्यता दिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले ध्यान दिनुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । बालबालिकालाई पार्टीको सदस्यता दिइएकोबारे प्रश्न उठाउँदै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको संविधान, कानुन एवं अन्तराष्ट्रिय कानुन विपरित गरेको उछृङ्खल व्यवहारको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग लगायत सम्बन्धित निकायको ध्यानाकषस्ण गर्दछु ।’

रास्वपाको महाधिवेशनमा प्रस्तुत प्रतिवेदनअनुसार १८ वर्षमुनिका ३५,२५७ बालबालिका पार्टीका सदस्य रहेका छन्।