वाम एकताबारे गोकुलको टिप्पणी: पहिला फुटाएर गल्ती भयो

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वाम एकताको पहललाई फुटेको हाँडी जोड्ने लालसा भनेका छन् । उनले नेतृत्वबाट चलाइएको वाम एकताको सार आफ्नो असफलता छोप्न भुत्ते हतियार भएको टिप्पणी गरेका छन् ।

‘सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो–भने,’ बाँस्कोटाको चुनौती छ, ‘आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?’