नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले सीइओ फोरम: इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा (CEO’s Forum: Beyond the Engine: The Story of Nepal’s Automotive Industry)विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा व्यवसायिक नेतृत्व, नीति विज्ञ र उद्योगीहरूसँग छलफल गरेको हो । छलफलमा नेपालको कर्पोरेट र औद्योगिक ढाँचा निर्माणमा महत्त्वपूर्ण भूमिका निभाउनुभएका वरिष्ठ विज्ञहरूको उपस्थिति रहेको थियो।
छलफलका प्यानलिस्टहरूमा सीजी होल्डिङ्ग्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती प्रतिनिधि), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा प्रतिनिधि), र सिमेक्स इंक प्रा. लि. का सीईओ साहिल श्रेष्ठ (बीवाईडी प्रतिनिधि) हुनुहुन्थ्यो। कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गर्नुभएको थियो।
कार्यक्रमको सुरुवात गर्दै सीएनआईवाइईएफकL नेटवर्क एंड कम्युनिकेशन सभापति साईनी खेतानले कार्यक्रमको रूपरेखा र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो। तत्पश्चात्, प्रतिष्ठित प्यानलिस्ट र सहजकर्ताको परिचयात्मक प्रस्तुतिसँगै प्यानल छलफल भएको थियो ।
छलफलका क्रममा अटोमोटिभ क्षेत्रका जटिलता, औद्योगिक विकासमा रहेका कानुनी बाधा र नेपालको वाणिज्य क्षेत्रमा भइरहेको परिवर्तनबारे विमर्श गरिएको थियो। सो अवसरमा आयोजित खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि र सेवा लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र समग्र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए।
छलफलका सहजकर्ता साकेत संघाईले प्यानलिस्टहरूको अमूल्य योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापनसहित कर्भिका थापाले मायाको चिनो हस्तान्तरण गर्नुभयो ।



















