नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईको अभिव्यक्तिपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।बुधबार बसेको बैठकमा बोल्न समय पाएका राईले ‘सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन ?’ भनेर प्रश्न सोधेपछि सभामुखले माइक काटेका थिए ।
राईको अभिव्यक्तिले सभा र सभामुखको अपमान गरेको भन्दै अर्यालले माइक काटेका हुन्एमाले सांसदहरू उठर विरोध जनाएपछि सभामुखले राईलाई पुनस् समय दिए ।
तर, राईले तपाईंले ५ वर्ष सभामुख चलाउनुहुन्न, खुट्टी देखिसकेँ भनेपछि अर्यालले बैठक स्थगित गरेका हुन् ।


















