माइतीघरमा युवाहरूको आक्रोशःबालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो

‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन् । गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।