प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक सङ्घका पदाधिकारीसँग छलफल गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहले आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।

छलफलमा स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धन, बजार व्यवस्थापन, आत्मनिर्भरता, उद्योगका चुनौती तथा नीतिगत सुधारका विषयमा छलफल हुने बताइएको छ। कार्यक्रममा सङ्घका अध्यक्ष सुरज बन्जाडेसहित पदाधिकारी र प्रतिनिधिहरू सहभागी हुनेछन्।